उक्त सम्झौता पत्रमा बैङ्कका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।
एनआईसी एसिया बैङ्कले सुर्या लाइफ इन्स्योरेन्ससँग बैङ्कास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापछि बैङ्कका ग्राहकले देशभर फैलिएका बैङ्कका दुई सय ३२ ओटै शाखाबाट सहजरुपमा सुर्या लाइफको जीवन बिमा पोलिसी खरिद गर्न सक्ने छन् ।
उक्त सम्झौता पत्रमा बैङ्कका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।
एनआईसी बैङ्कले हाल देशभर दुई सय ३२ शाखा, दुई सय २० एटीएम, १४ एक्सटेन्सन काउन्टर र १५ ओटा शाखारहित बैङ्किङ सेवाबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।