मेगा बैङ्कको चुक्ता पुँजी देशकै दोस्रो ठूलो

आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा चुक्ता पुँजी, व्यवसायको आकार, कर्मचारी सङ्ख्या र नेटवर्कका हिसाबले पनि मेगा बैङ्क देशकै अग्रणी बन्न सफल भएकाले आगामी आर्थिक वर्षमा यसको मुनाफा वृद्धि हुने बताइएको छ ।

मेगा बैङ्क चुक्ता पुँजीका रुपमा देशको दोस्रो ठूलो बैङ्क बन्न सफल भएको छ । नवौं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले मेगा बैङ्कको चुक्ता पुँजी देशकै दोस्रो ठूलो बनेको बताएका छन् ।

आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा चुक्ता पुँजी, व्यवसायको आकार, कर्मचारी सङ्ख्या र नेटवर्कका हिसाबले पनि मेगा बैङ्क देशकै अग्रणी बन्न सफल भएकाले आगामी आर्थिक वर्षमा यसको मुनाफा वृद्धि हुने बताइएको छ ।

मेगा बैङ्कले आर्थिक वर्ष २०६९÷७० देखि नै निरन्तर राम्रो प्रतिफल दिइरहेको बताउँदै अध्यक्ष शाहले भर्खरै मात्र टुरिजम बैङ्कसँग मर्जर भएको बताए । मर्जरपछि साधारण सभामार्फत नयाँ सञ्चालक समिति पनि आएको छ । अब मेगा कल्चरअनुसार रफ्तारमा बढ्ने नीति बैङ्कले लिएको छ । टुरिजम र पश्चिमाञ्चल डेभलपमेन्ट बैङ्क गाभिएपछि मेगा बैङ्कमा झनै उत्साह थपिएको उनले बताए ।

गत आर्थिक वर्षमा बैङ्कको निक्षेप सङ्कलन ११ अर्ब ८२ करोडले बढेर ६३ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको हो । ग्राहक सङ्ख्या ५ लाख छ । कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेपको १ लाख २२ हजार छ ।

मेगाले एक सय एक शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ ओटा एक्टेन्सन काउन्टर, एक सय १९ शाखारहित बैङ्किङ सेवा, दुई हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ ओटा एटीएम सञ्चालनमा छन् ।