सम्झौताअनुसार एनसीसी बैङ्कको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट गुराँस लाइफको पोलिसी बिक्री गरिने एनसीसीले जनाएको छ ।
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क र गुराँस लाइफ इन्स्योरेन्सबीच बैङ्कास्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ । दुई कम्पनीबीच उक्त सम्झौता यही साउन ७ गते भएको हो ।
सम्झौताअनुसार एनसीसी बैङ्कको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट गुराँस लाइफको पोलिसी बिक्री गरिने एनसीसीले जनाएको छ ।
सम्झौतामा एनसीसीका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरे ।