गरिमा विकास बैङ्क र सप्तकोशी डेभलपमेन्टले बढाए नाफा

गरिमाको अघिल्लो वर्षको नाफा ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ थियो । बैङ्कको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ छ । कम्पनीले गत आवमा २१ अर्ब २२ करोड १२ लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दै १८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ कर्जा सापटी दिएको छ ।

गत आर्थिक वर्षमा गरिमा विकास बैङ्कले २७ दशमलव ७८ प्रतिशत नाफा बढाएको छ । गरिमाले गत आर्थिक वर्षमा ९ करोड ५२ लाख १६ हजार रुपैयाँ नाफा बढाएर ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ र २७ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ ।

गरिमाको अघिल्लो वर्षको नाफा ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ थियो । बैङ्कको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ छ । कम्पनीले गत आवमा २१ अर्ब २२ करोड १२ लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दै १८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ कर्जा सापटी दिएको छ ।

बैङ्कको जगेडा कोषमा ७२ करोड ७२ लाख रुपैयाँ छ भने ५० करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ । ब्याजदर ५ दशमलव ५२ प्रतिशत छ भने प्रतिसेयर आम्दानी १७ दशमलव २७ रुपैयाँ छ र प्रतिसेयर नेटवर्थ १ सय २८ दशमलव ६९ प्रतिशत छ ।

यस्तै सप्तकोशी डेभलपमेन्ट बैङ्कले गत आवमा १५ प्रतिशतले नाफा बढाएको छ । बैङ्कले २ करोड ३५ लाख २१ हजार रुपैयाँ नाफा बढाएको छ जुन अघिल्लो वर्षभन्दा १ करोड ३५ लाख ५४ हजार रुपैयाँले बढी हो ।

सप्तकोशी विकासको चुक्ता पुँजी ५० करोड ८५ लाख रुपैयाँ छ । कम्पनीले गत आवमा १ अर्ब ५५ करोड २७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने १ अर्ब ३६ करोड ३० लाख रुपैयाँ कर्जा सापटी दिएको छ ।

बैङ्कको जगेडा कोषमा ५ करोड ८६ लाख रुपैयाँ जम्मा छ भने २७ लाख रुपैयाँ लगानी गरेको छ । बैङ्कको प्रतिसेयर आम्दानी ६ दशमलव २९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ११ दशमलव ५४ रुपैयाँ छ ।