भार्गव विकासले साढे ५ प्रतिशत बोनस सेयर दिने

बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि बोनस सेयर दिनेछ ।

भार्गव विकास बैङ्कले चुक्ता पुँजीको ५ दशमलव ५६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै बैङ्कले शून्य दशमलव ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँ छ । बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि बोनस सेयर दिनेछ । बैङ्कको यही साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।