लुम्बिनी विकास बैङ्कले पोखराको छोरेपाटन शाखाबाट आफ्नो १३औं एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कले सञ्चालनमा ल्याएको एटीएम सेवाबाट अन्य बैङ्क तथा वित्तीय संस्थाका ग्राहकले पनि सेवा लिन सक्ने बैङ्कले जनाएको छ ।
बैङ्कले मुलुकका विभिन्न भागमा रहेका ५६ शाखा सञ्जाल तथा १३ एटीएममार्फत आफनो सेवा प्रदान गर्दै आएको छ । बैङ्कले विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै एमबीबीएस, एसएमएस, बैङ्किङ्, मोबाइल ब्याङ्किङ आस्बाजस्ता सेवा प्रदान गर्दै आएको छ ।