मेरो माइक्रोफाइनान्सको नाफा साढे २ प्रतिशतले बढ्यो

कम्पनीले ७८ करोड ३७ लाख ९१ ह्जार रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ३ अर्ब ३८ करोड ४९ लाख रुपैयाँ कर्जा सापटी दिएको छ र २ अर्ब ५३ करोड २५ लाख रुपैयाँ सापटी लिएको छ ।

मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा २ दशमलव ५ प्रतिशतले नाफा बढाएर ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्ष ९ करोड २८ लाख २७ हजार रुपैयाँ कमाएको थियो ।

माइक्राेफाइनान्सको २८ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी छ । कम्पनीले ७८ करोड ३७ लाख ९१ ह्जार रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ३ अर्ब ३८ करोड ४९ लाख रुपैयाँ कर्जा सापटी दिएको छ र २ अर्ब ५३ करोड २५ लाख रुपैयाँ सापटी लिएको छ ।

संस्थाको जगेडा कोषमा १५ करोड ८५ लाख रुपैयाँ र खराब कर्जा अनुपात १ दशमलव ३३ प्रतिशत छ । माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ३३ दशमलव १२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १ सय ५५ दशमलव ४५ रुपैयाँ छ ।