२०६८ देखि ४ वर्ष कन्काई विकास बैङ्कको सीईओ बनेको उनी केही समय खाली थिए ।
हाथवे फाइनान्स लिमिटेडका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास पौडेलले कार्यभार सम्हालेका छन् ।
२०६८ देखि ४ वर्ष कन्काई विकास बैङ्कको सीईओ बनेको उनी केही समय खाली थिए ।
हथवेका पूर्वसीईओ विष्णु पाण्डेले राजीनामा दिएपछि पौडेल नियुक्त भएका हुन् हुन् । पाण्डेले असार ३१ गते राजीनामा दिएका थिए । त्यसलगत्तै कम्पनीले साउन ४ स्याङ्जा निवासी पौडेललाई सीईओ नियुक्त गरेको थियो ।
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कबाट वित्तीय क्षेत्रमा प्रवेश गरेका पौडेलले मुक्तिनाथ विकास बैङ्कमा स्थापनाकालदेखि साढे ५ वर्ष काम गरे र त्यहाँ कम्पनीको सचिवको जिम्मेवारी निर्वाह गरेका थिए ।