नबिल बैङ्कको ३४औं वार्षिकोत्सवका अवसरमा फुटसल प्रतियोगिता

बैङ्कका उच्च व्यवस्थापकबीचको मैत्रीपूर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैङकका सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरे । फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैङ्कका अध्यक्ष पौड्यालले मेडलसहित पुरस्कारहरु वितरण गरेका थिए ।

नबिल बैङ्कले बैङ्कका विभिन्न विभाग तथा शाखाहरुबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ । बैङ्कले आफ्नो ३४औं वार्षिकोत्सवका अवसरमा साउन ५ गते कर्मचारीस्तरीय फुटसल आयोजना गरेको जनाएको छ ।

बैङ्कका उच्च व्यवस्थापकबीचको मैत्रीपूर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैङकका सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरे । फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैङ्कका अध्यक्ष पौड्यालले मेडलसहित पुरस्कारहरु वितरण गरेका थिए ।

उक्त प्रतियोगितामा उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको बैङ्कले जानकारी दिएको छ । बैङ्कको वार्षिकोत्सवमा रक्तदान, खेलकुदलगायत सामाजिक कार्यक्रम आयोजना भएकोमा अध्यक्ष पौड्यालले बताए ।