शाखा उद्घाटन गर्दै कम्पनीका सीईओ युगेशभक्त बादे श्रेष्ठले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराए ।
आइएमई जनरल इन्स्योरेन्सले चितवनको रत्ननगर, टाँडी र नवलपरासीको कावासोतीमा एकै साथ दुई शाखा खोलेको छ । कम्पनीले यी दुई स्थानका शाखा साउन ९ गतेदेखि सञ्चालनमा ल्याएको हो ।
टाँडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे । त्यसैगरी कावासोती शाखाको उद्घाटन नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे ।
शाखा उद्घाटन गर्दै कम्पनीका सीईओ युगेशभक्त बादे श्रेष्ठले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराए ।
यी दुई शाखासहित कम्पनीका ४० ओटा शाखा दुई ओटा सम्पर्क कार्यालय तथा १० ओटा सेवा काउन्टरसहित ५२ स्थानबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।