तेकिएको सीमाभन्दा बढी रकम बैङ्कमा जम्मा गर्ने म्युचुअल फन्ड कारबाहीमा

तोकिएका क्षेत्रमा लगानी नगरी ब्याजका लागि बैङ्कमा पैसा सङ्कलन गर्ने म्युचुअल फन्डका व्यवस्थापकहरुसँग बोर्डले पहिलो चरणमा स्पष्टीकरण लिएको छ ।

नेपाल धितोपत्र बोर्डले आफ्नो सीमाभन्दा बाहिर लगानी गरेको भन्दै ५ म्युचुअल फन्डलाई कारबाही गरेको छ । बोर्डले तोकिएको सीमाभन्दा बढी रकम बैङ्क निक्षेपमा लगानी गर्ने म्युचुअल फन्डलाई कारबाही गर्न लागेको छ ।

कारबाहीको प्रक्रियामा रहेका उक्त मर्चेन्ट बैङ्कहरुले तोकिएका क्षेत्रमा लगानी नगरी ब्याजका लागि बैङ्कमा पैसा सङ्कलन गर्ने म्युचुअल फन्डका व्यवस्थापकहरुसँग बोर्डले पहिलो चरणमा स्पष्टीकरण लिएको छ । बोर्डले उनीहरुलाई १५ दिने स्पष्टीकरण सोधेको जनाएको छ ।

एनएमबी हाइब्रिड फन्ड–१ को एनएमबी क्यापिटल, लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी भ्यालू फन्ड–१ को व्यवस्थापक लक्ष्मी क्यापिपटल मार्केट र एनआईसी एसिया म्युचुअल फन्डको एनआईसी एसिया ग्रोथ फन्डको व्यवस्थापक एनआईसी एसिया क्यापिटल, सिटिजन म्युचुअल फन्ड–१ को योजना व्यवस्थापक सीबीआईएल क्यापिटल, एनएमबी म्युचुअल फन्ड–१ को एनएमबी सुलभ इन्भेस्टमेन्टलाई बोर्डले स्पष्टीकरण सोधेको हो ।
ती कक्पनीहरुले बोर्डमा बुझाएको मासिक खुद सम्पत्ति विवरणअनुसार रकम लगानी गर्दा बैङ्कमा तोकिएको निक्षेपभन्दा बढी सङ्कलन गरेको पाइएपछि स्पष्टीकरण सोधिएको बोर्डका प्रवक्ता नीरज गिरीले बताए ।