एनआईसीले युनाइटेडको बिमा पोलिसी बेच्ने

उक्त सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे ।

एनआईसी एसिया बैङ्कले युनाइटेड इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने सम्झौता गरेको छ । सम्झौतापछि एनआईसीले देशभरका दुई सय ३३ ओटै शाखाबाट युनाइटेडको बिमा पोलिसी बेच्ने छ ।

उक्त सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे ।

हाल एनआईसीले देशभरका दुई सय ३३ शाखा, दुई सय २१ एटीएम, १४ एक्सटेन्सन काउन्टर एवम् १५ ओटा शाखारहित बैङ्किङ सेवाबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैङ्कको वासलातको आकार एक सय ७५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब एक सय ५० अर्ब पुगेको बैङ्कले जनाएको छ ।