जानकी फाइनान्सको नाफा २९ प्रतिशतले वृद्धि

हाल फाइनान्सको ४० करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडाकोषमा २८ करोड ४ लाख रुपैयाँ छुट्याएको छ । यस्तै कम्पनीको निक्षेपमा एक अर्ब ६५ करोड १६ लाख रुपैयाँ सङ्कलन गरेर कर्जामा एक अर्ब ५९ अर्ब ५६ लाख रुपैयाँ लगानी गरेको छ ।

जानकी फाइनान्सले गत आर्थिक वर्षमा खुद मुनाफा २९ दशमलव ४४ प्रतिशतले बढाउँदै १३ करोड ३८ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अघिल्लो वर्ष १० करोड ३४ लाख रुपैयाँ कमाएको थियो ।

हाल फाइनान्सको ४० करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडाकोषमा २८ करोड ४ लाख रुपैयाँ छुट्याएको छ । यस्तै कम्पनीको निक्षेपमा एक अर्ब ६५ करोड १६ लाख रुपैयाँ सङ्कलन गरेर कर्जामा एक अर्ब ५९ अर्ब ५६ लाख रुपैयाँ लगानी गरेको छ ।

जानकीको खुद ब्याज आम्दानी १५ करोड ६२ लाख रुपैयाँ, सञ्चालन मुनाफा एक करोड ७३ लाख रुपैयाँ छ जुन, अघिल्लो वर्षकोभन्दा ७६ दशमलव ७४ प्रतिशतले कमी हो । कम्पनीले चौथो त्रैमासमा मात्रै १९ करोड ९ लाख खराब कर्जा उठाएको जनाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ १९ पैसा, मूल्य आम्दानीको अनुपात ४ दशमलव ८२ र प्रतिसेयर नेटवर्थ एक सय ६९ दशमलव ५३ रुपैयाँ छ ।