फ्रान्समा मांसाहार रोक्न चरम रणनीति प्रयोग गर्दै शाकाहारी

फ्रान्सेली सरकारलाई लेखिएको एउटा पत्रमा, मासु व्यवसायीहरुको राष्ट्रिय पेसागत सङ्गठन (सीएफबीसीटी)का अध्यक्ष जिन फ्रेन्कोइस गिहार्डले ती बर्बर कार्यकर्तालाई, झ्याल तथा भित्तेचित्र तोडफोड गर्नुका साथै सोसल मिडियामा धम्की दिने गलत जानकारी प्रसारण गरेको आरोप लगाएका छन् ।

जब तपाईंले कुनै शाकाहारी व्यक्तिबारे सोच्नुहुन्छ, तब तपाईंको दिमागमा आउने पहिलो कल्पना फ्रान्सेली मासु पसलमा नक्कली रगत लतपतिएका कार्यकर्ता पक्कै हुन सक्दैनन् ।

तर मासु व्यवसायी भन्छन्– फ्रान्समा हिंसा र धम्कीलाई हातहतियारका रुपमा तथा पशु अधिकारलाई औचित्यका रुपमा प्रयोग गर्दै उग्रवादी शाकाहारी कार्यकर्ता बढिरहेका छन् । फ्रान्सेली सरकारलाई लेखिएको एउटा पत्रमा, मासु व्यवसायीहरुको राष्ट्रिय पेसागत सङ्गठन (सीएफबीसीटी)का अध्यक्ष जिन फ्रेन्कोइस गिहार्डले ती बर्बर कार्यकर्तालाई, झ्याल तथा भित्तेचित्र तोडफोड गर्नुका साथै सोसल मिडियामा धम्की दिने गलत जानकारी प्रसारण गरेको आरोप लगाएका छन् ।

’आक्रमणको चपेटामा खानपान’
‘बगरे तथा पूरै उद्योगमाथि भइरहेको आक्रमण कुनै आतङ्कवादभन्दा कम छैन,’ गिहार्डले पत्रमा लेखेका छन्, ‘समर्थक ‘फ्रेन्च संस्कृतिको एउटा पूरा अङ्ग’ बन्द गर्न चाहन्छन् ।’

यस प्रकारका सङ्घर्षले फ्रान्सेली जीवनको मुटु– ‘खानपान’मै हमला गर्छन् । गोमांस, फोई ग्रास तथा पनिर जस्ता उच्च कोटिका पशुजन्य–व्यञ्जन देशका समानार्थी हुन् तथा युनेस्कोद्वारा विश्वका ‘अमूर्त सांस्कृतिक धरोहर’का प्रतिनिधित्व भनी सूचीबद्ध गरिएका छन् ।

पत्रमा विश्वमा शाकाहारीको बढ्दो लोकप्रियतामा पनि प्रकाश पारिएको छ, जसमध्ये यी उद्दण्डहरुले केवल एउटा सानो पाटो मात्र समेटेका छन् । रिसर्च फर्म ग्लोबलडाटाको एउटा रिपोर्टअनुसार अमेरिकामा छ प्रतिशत उपभोक्ताहरुले २०१८ मा शाकाहारी बनेको दाबी गरेका छन्, जुन २०१४ को तुलनामा एक प्रतिशत बढी हो । मासु तथा दुग्धजन्य खाद्यवस्तु त्याग्नु पर्ने कारणका रुपमा बहुसङ्ख्यक शाकाहारीहरुले पर्यावरणीय प्रभाव, पशु कल्याण तथा व्यक्तिगत स्वास्थ्यको उदाहरण दिन्छन् ।

जसरी शाकाहार बढ्दै छ, यसले धेरै क्षेत्रबाट प्रतिक्रिया जन्माएका छन्, जसले यसको बदनाम गरेको प्रतीत हुन्छ । यूकेमा डेरी उद्योगले पशु कल्याण तथा मानव स्वास्थ्यका बारेमा गरेको गलत दाबीलाई फिर्ता लिएको छ ।

जनवरीमा जनसमुदायलाई पशु उत्पादन छोड्न प्रोत्साहित गर्ने कार्यक्रम ‘भेगनेरी’ सुरु भएपछि त्यस चुनौतीको प्रतिउत्तरमा केही किसानहरुले डेरी उत्पादनको खपत बढाउन ‘फेब्रुडेरी’ पहल सुरू गरेपछि कलह सुरु भएको हो । ‘फेब्रुडेरी’ले कार्यकर्ताहरुलाई आफ्नो दाबी खारेज गर्दै एउटा वेबसाइट सुरू गर्न उक्सायो तथा दुवै पक्षबीच ट्विटरमा वाक्युद्ध मच्चियो ।

शाकाहार तथा शाकाहारी उत्पादनको बढ्दो मागसँगै मासु तथा पशुजन्य उद्योगहरु आफ्नो आवाज किन सुनाउन चाहन्छन् भन्ने देखिनु कुनै गाह्रो हैन ।
फ्रान्समा मासु उत्पादकहरुले भान्सामा भइरहेका यस्ता परिवर्तनविरूद्ध दबाब दिइरहेका छन् । सांसदहरुले सागसब्जीजन्य उत्पादनका लागि ‘स्टिक’, ‘फिलेट’ अथवा ‘ससेज’ जस्ता मासुजन्य नाम राख्न प्रतिबन्ध लगाउने एउटा कृषि बिलमा संशोधन पारित गरेका छन् ।

तथापि, स्वस्थ तथा नैतिक रुपले स्वीकार गरिएका खाद्यपदार्थतर्फ मौलिक प्रवृत्ति स्थापित हुँदै गर्दा यो तनाव केही समय पहिले नै मत्थर हुन सक्छ ।

(विश्व आर्थिक मञ्चको १८ जुलाई २०१८ को अनलाइन संस्करणमा प्रकाशित एम्मा कार्लटनद्वारा लिखित रिपोर्टको अनौपचारिक अनुवाद ।)