वाणिज्य बैङ्कले वित्तीय विवरण सार्वजनिक नगर्दा सबैको चासो त्यसतर्फ गएपछि राष्ट्र् बैङ्कले विवरण सार्वजनिकका लागि १५ दिनको समय थप गरेको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएको लामो समयसम्म पनि अधिकांश वाणिज्य बैङ्कहरुले गत आवको वित्तीय विवरण प्रकाशित गर्न सकेका छैनन् । नयाँ आव सुरु भएको २ हप्तामा दुई वाणिज्य बैङ्कले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
राष्ट्र बैङ्कको निर्देशनअनुसार अनिवार्य रुपमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) ढाँचामा वित्तीय विवरण बनाउन पर्ने भएपछि वाणिज्य बैङ्कहरुले वित्तीय विवरण प्रकाशन गर्न ढिलाइ गरेका हुन् । वाणिज्य बैङ्कले वित्तीय विवरण सार्वजनिक नगर्दा सबैको चासो त्यसतर्फ गएपछि राष्ट्र् बैङ्कले विवरण सार्वजनिकका लागि १५ दिनको समय थप गरेको छ ।
बैङ्कहरुले सम्पूर्ण शाखाको कारोबार समावेश गरी वास्तविक विवरण प्रकाशित गर्नुपर्ने तथा एनएफआरएस पद्धति अपनाउनु पर्ने भएपछि बैङ्कर्स सङ्घको अनुरोधमा राष्ट्र बैङ्कले समय थप गरेको हो ।