सभ्झौतापछि बैङ्कले मुलुकभर फैलिएका आफ्ना २ सय ३३ ओटै शाखाबाट युनियनको बिमा पोलिसी बेच्ने छ ।
एनआईसी एसिया बैङ्कले युनियन लाइफ इन्स्योरेन्ससँग बैङ्कास्योरेन्स सम्झौता गरेको छ । सभ्झौतापछि बैङ्कले मुलुकभर फैलिएका आफ्ना २ सय ३३ ओटै शाखाबाट युनियनको बिमा पोलिसी बेच्ने छ ।
सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले हस्ताक्षर गरे । बैङ्कले हाल २ सय ३३ शाखा, २ सय २२ एटिएम, १४ ओटा एक्सटेन्सन काउन्टर, १५ शाखारहित बैङ्किङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।