तिनाउ विकासको नाफा २५ प्रतिशतले गिरावट

कम्पनीले दुई करोड ४९ लाख ६४ हजार रुपैयाँले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चुक्ता पुँजी ५० करोड ६९ लाख रुपैयाँ भएको बैङ्कको जगेडाकोषमा १ करोड ४७ लाख रुपैयाँ जम्मा छ ।

तिनाउ विकास बैङ्कको नाफा गत आर्थिक वर्षमा २५ दशमलव ८१ प्रतिशतले घटेर ७ करोड १७ लाख ५६ हजार रुपैयाँ पुगेको छ । बैङ्कले अघिल्लो आर्थिक वर्षमा ९ करोड ६७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले दुई करोड ४९ लाख ६४ हजार रुपैयाँले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चुक्ता पुँजी ५० करोड ६९ लाख रुपैयाँ भएको बैङ्कको जगेडाकोषमा १ करोड ४७ लाख रुपैयाँ जम्मा छ ।

बैङ्कले गत आवमा ४ अर्ब ९१ करोड १५ लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दै ३ अर्ब ९३ करोड २ लाख रुपैयाँ कर्जा सापटी प्रदान गरेको छ । बैङ्कले १३ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ भने खराब कर्जा अनुपात शून्य दशमलव ३० प्रतिशत छ । यसको आधार दर १२ दशमलव ९९ प्रतिशत छ भने ओसत ब्याजदर ५ दशमलव ०५ प्रतिशत छ ।

प्रतिसेयर कुल सम्पत्तीको मूल्य १ हजार १ सय २९ रुपैयाँ ५२ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी १४ दशमलव १५ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ १ सय २९ रुपैयाँ ५ पैसा छ ।