सिटिजन्स बैङ्क र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

सम्झौतापछि बैङ्कका डेबिट तथा क्रेडिट कार्डधारी ग्राहकले क्यान्सर अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् ।

सिटिजन्स बैङ्क र नेपाल क्यान्सर अस्पतालबीच ग्राहकलाई सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैङ्कका डेबिट तथा क्रेडिट कार्डधारी ग्राहकले क्यान्सर अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् ।

सम्झौतामा बैङ्कका प्रमुख सञ्चालन अधिकृत कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठले हस्ताक्षर गरे । हाल सिटिजन्स बैङ्कले देशभर ७८ शाखा, ७० एटीएम र ९९ शाखारहित बैङ्किङ सेवाबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।