यसका लागि दुवै कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि अब बैङ्कले देशभरका २ सय ३३ शाखाबाट रिलायबलको बिमा पोलिसी बेच्ने छ ।
एनआईसी एसिया बैङ्कले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने भएको छ । यसका लागि दुवै कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि अब बैङ्कले देशभरका २ सय ३३ शाखाबाट रिलायबलको बिमा पोलिसी बेच्ने छ ।
उक्त सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणणबु लोहनीले हस्ताक्षर गरे ।
बैङ्कले हाल देशभर २ सय ३३ शाखा, २ सय २२ एटीएम, १४ ओटा एक्सटेन्सन काउन्टर र १५ ओटा शाखारहित बैङ्किङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।