ग्लोबल आइएमईको नाफा ७ प्रतिशतले बढ्यो

ग्लोबल आइएमई बैङ्कले गत आर्थिक वर्षमा ७ दशमलव ५० प्रतिशतले नाफा बढाएर २ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कले अघिल्लो वर्ष २ अबै रुपैयाँको नाफा कमाएको थियो ।

८ अर्ब ८८ करोड चुक्ता पुँजी रहेको बैङ्कले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ९३ अर्ब ३७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षकोभन्दा ४ प्रतिशतले निक्षेप वृद्धि गर्दै १५ प्रतिशतको ऋण लगानी वृद्धि गरेको छ ।

ब्याज आम्दानी ५५ प्रतिशतले बढेको छ भने जगेडाकोषमा ४ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ । बैङ्कको खराब कर्जा शून्य दशमलव ६९ प्रतिशत, आधार ब्याजदर १० दशमलव ५५ प्रतिशत र स्प्रेड दर ४ दशमलव ८६ प्रतिशत छ ।

बैङ्कको प्रतिसेयर आम्दानी २४ दशमलव २६ रुपैयाँ छ भने एनएफआर अनुसार २२ दशमलव ३० रुपैयाँ छ ।