एभरेष्ट बैङ्कको नाफा ५४ करोडले बढ्यो

कम्पनीले अघिल्लो वर्ष २ अर्ब ६२ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो । जगेडा कोषमा ६ अर्ब रुपैयाँ रहेको बैङ्कको ८ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी छ ।

एभरेष्ट बैङ्कले गत आर्थिक वर्षमा २६ दशमलव ८३ प्रतिशतले नाफा बढाएको छ । बैङ्कले अघिल्लो वर्षको तुलनामा ५३ करोड ८२ लाख रुपैयाँले नाफा बढाउँदै २ अर्ब ५४ करोड ४५ लाख ३६ हजार रुपैयाँ कमाएको हो ।

कम्पनीले अघिल्लो वर्ष २ अर्ब ६२ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो । जगेडा कोषमा ६ अर्ब रुपैयाँ रहेको बैङ्कको ८ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी छ ।

गत आवमा बैङ्कले १ खर्ब १४ अर्ब ८५ करोड २४ लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दै ९३ अर्ब ९९ करोड १५ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । बैङ्कले असार मसान्तसम्म १८ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै ब्याज आम्दानी १० अर्ब २ करोड रुपैयाँ छ भने ब्याज खर्च ५ अर्ब २३ करोड रुपैयाँ छ । कर्जा तथा निक्षेप अनुपात ७५ दशमलव ९८ छ र बैङ्कको प्रतिसेयर आम्दानी ४४ दशमलव ३२ छ भने मार्केट प्राइस ६ सय ६३ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ७८ रुपैयाँ ४३ पैसा छ ।