सेवाग्राहीले आफ्नै खातामा अथवा हितग्राहीको खातामा बैङ्क खाता नम्बरको आधारमा अथवा हितग्राहीको मोबाइल नम्बरको आधारमा समेत रकम ट्रान्सफर गर्न सक्ने सुविधा छ ।
नेपाल राष्ट्र बैङ्क र बैङ्क तथा वित्तीय संस्थाबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको ‘कनेक्टिङ् आईपीएस इपेमेन्ट’ प्रणालीको सेवा विस्तार गर्ने क्रममा बैङ्क खाताबाट सिधै गरिने अनलाइन रकम ट्रान्सफरको सेवा पनि सञ्चालनमा ल्याइएको छ ।
उक्त सेवा अन्तर्गत बैङ्कका ग्राहकले इपेमेन्ट प्रणालीमार्फत आफ्नो बैङ्क खाताबाट प्रति कारोबार १ लाख रुपैयाँसम्मको रकम सिधै ट्रान्सफर गर्न सक्नेछन् । सेवाग्राहीले आफ्नै खातामा अथवा हितग्राहीको खातामा बैङ्क खाता नम्बरको आधारमा अथवा हितग्राहीको मोबाइल नम्बरको आधारमा समेत रकम ट्रान्सफर गर्न सक्ने सुविधा छ ।
बैङ्कका ग्राहकले उक्त प्रणाली प्रयोग गर्न डब्ल्यूडब्ल्यू डट कनेक्टपिस डट कममा गई आफूलाई आबद्ध गरी आफ्नो बैङक खाताको विवरण दिएपछि सोको फारम डाउनलोड गरी एक पटक आफ्नो बैङ्कबाट भेरिफाई गर्नुपर्छ । उक्त प्रणालीमा हाल १९ ओटा बैङ्क तथा वित्तीय संस्थाहरुका ग्राहकले कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ भने अन्य १० ओटा बैङ्क सेवा सञ्चालनका लागि सम्झौता भई परीक्षण भइरहेका छन् ।
हाल यस प्रणालीमा सिटिजन, ग्लोबल आईएमई, जनता, एभरेष्ट, लक्ष्मी, नेपाल बङ्गलादेश, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी), नेपाल बैङ्क र एनआईसी एशिया आबद्ध भएका छन् । यस्तै एनएमबी, प्राइम कमर्सियल, सिद्धार्थ, गरिमा विकास, गण्डकी विकास, लुम्बिनी विकास, मुक्तिनाथ विकास, ओम डेभलपमेन्ट, सांग्रिला डेभलपमेन्ट तथा आईसीएफसी फाइनान्स पनि आबद्ध छन् ।