कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा कम्पनीका ब्रान्ड एम्बासाडर सीताराम कट्टेल (धुर्मुस)ले संयुक्त रुपमा उपशाखाको उद्घाटन गरेका हुन् ।
सन नेपाल लाइफ इन्स्योरेन्सले रुकुममा उपशाखा सञ्चालनमा आएको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा कम्पनीका ब्रान्ड एम्बासाडर सीताराम कट्टेल (धुर्मुस)ले संयुक्त रुपमा उपशाखाको उद्घाटन गरेका हुन् ।
उपशाखा उद्घाटनसँगै कम्पनीले बिमा जागरण कार्यक्रम पनि सम्पन्न गरेको छ । रुकुम उपशाखाका उत्कृष्ट अभिकर्तालाई सम्मान गरिएको थियो । साथै २०७४ फागुन १० गते प्रथम बिमा शुल्क २५ हजार ३ सय ७३ रुपैयाँ जम्मा गरी यस कम्पनीमा बिमा गराएकी बिमित गीता नेपालीको हृदयाघातका कारण मृत्यु भएकाले उनका श्रीमान्लाई ३ लाख रुपैयाँ दिइएको थियो । सोही दिन कम्पनीको सल्यानमा पनि बिमा जागरण अभियान सम्पन्न भएको छ ।