एनआईसी एसिया बैङ्कको क्यूआर कोड सेवा

यो सेवा बैङ्कको मोबाइल बैङ्किङ एपबाट रिक्वेस्ट पेमेन्ट विकल्पप्रयोग गरी क्यूआर कोड जेनेरेट गर्ने र ग्राहकले आफ्नो मोबाइल बैङ्क प्रयोग गरी सोही कोड स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।

एनआईसी एसिया बैङ्कले ‘क्यूआर कोड’मार्फत भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा बैङ्कको मोबाइल बैङ्किङ एपबाट रिक्वेस्ट पेमेन्ट विकल्पप्रयोग गरी क्यूआर कोड जेनेरेट गर्ने र ग्राहकले आफ्नो मोबाइल बैङ्क प्रयोग गरी सोही कोड स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।

एनआईसी एसिया बैङ्कले यो सेवासुरु गर्ने नेपालको पहिलो बैङ्क हुनुको साथ—साथै यो सेवाबाट व्यवसायी तथा ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको छ । सेवा प्रयोग गर्न ग्राहकसँग स्मार्ट फोन हुनुपर्ने र उक्त फोन प्रयोग गरी सजिलै भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।