सिद्धार्थ बैङ्कको नाफा १९ प्रतिशतले बढ्यो

सिद्धार्थ बैङ्कले गत आर्थिक वर्षमा १९ दशमलव ९९ प्रतिशतले खुद नाफा वृद्धि गर्दै २ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ । एनएफआरएसअनुसार वित्तीय विवरण सार्वजनिक गरेको बैङ्कले २ अर्ब ४ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैङ्कको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ छ । यस्तै १० अर्ब १३ करोड ब्याज आम्दानी गर्दै ६ अर्ब ६२ करोड ब्याज खर्च गरेको छ, जसबाट बैङ्कले ३ अर्ब ५१ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैङ्कको जगेडा कोषमा ५ अर्ब ८५ करोड रुपैयाँ छ भने १ अर्ब ४० ७५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । बैङ्कको कर्जा ८६ करोड १३ लाख र खुद ब्याज आम्दानी ३ अर्ब रुपैयाँ गरेको छ ।