एनआईसी एसिया बैङ्क लिमिटेडले सहरी तथा ग्रामीण जिल्लाहरुमा समेत सेवा दिने लक्ष्यका साथ बैङ्कले क्यूआर कोडमार्फत भुक्तानी सञ्चालनमा ल्याएको छ । उक्त सेवा मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ताहरुले उपभोग गर्न सक्ने बैङ्कले जानकारी दिएको छ ।
मेबाइल बैङ्क एपबाट रिक्वेस्ट पेमेन्टको विकल्प प्रयोग गरी क्यूआर कोड प्रयोग गर्न सक्ने जनाइएको छ । एनआईसी नेपालमा यो सेवा सुरु गर्ने पहिलो बैङ्क हो । हाल बैङ्कले २ सय ३४ शाखा, २ सय २४ एटीएम, १४ ओटा एक्सटेन्सन काउन्टर एवम् १६ ओटा शाखारहित बैङ्किङ प्रणालीमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।