स्वदेशी लघुवित्तको कामु सीईओमा न्यौपाने

संस्थाको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई कामु सीईओमा नियुक्त गरेको हो ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाको कायममुकायम  प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा राजेन्द्रप्रसाद न्यौपानेलाई नियुक्त गरिएको छ । संस्थाको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई कामु सीईओमा नियुक्त गरेको हो ।

न्यौपानेले भदौ १ गतेदेखि पदभार सम्हाल्ने बताइएको छ । यसअघि संस्थाका सीईओ पुण्यप्रसाद खनियाले पदबाट राजीनामा दिएपछि सो पद खालि थियो ।

खनियाको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले न्यौपानेलाई कामुमा नियुक्त गर्ने निर्णय गरेको हो ।