साङ्ग्रिला डेभलपमेन्टले सन लाइफको बिमा पोलिसी बेच्ने

बैङ्क र सन लाइफबीचको सम्झौतामा बैङ्कका विभागीय प्रमुख तेजबहादुर थकुल्लाले र सन लाइफका विभागीय प्रमुख विनोद शर्मा पौडेलले हस्ताक्षर गरे ।

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले सन लाइफ इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने भएको छ । बैङ्क र सन लाइफबीचको सम्झौतामा बैङ्कका विभागीय प्रमुख तेजबहादुर थकुल्लाले र सन लाइफका विभागीय प्रमुख विनोद शर्मा पौडेलले हस्ताक्षर गरे ।

सम्झौतापछि बैङ्कका ग्राहकले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सन लाइफले स्थापना भएको ९ महिनामा विभिन्न ११ प्रकारका ९ हजार ८ सय २१ पोलिसी बिक्री गरी कुल २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैयाँ प्रिमियम सङ्कलन गरेको छ ।