नयाँ नेपाल लघुवित्तको सीईओमा घिमिरे

कार्यकारी सञ्चालक पदबाट राजिनामा दिएका उनलाई कम्पनीले साउन २० गते सीईओमा नियुक्त गरेको हो ।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सरोज घिमिरे नियुक्त भएका छन् । कार्यकारी सञ्चालक पदबाट राजिनामा दिएका उनलाई कम्पनीले साउन २० गते सीईओमा नियुक्त गरेको हो ।

२०७१ साल असार २१ गतेदेखि कार्यकारी सञ्चाकलको पद सम्हाल्दै आएका उनले साउन १८ गते उक्त पदबाट राजिनामा दिएका थिए । घिमिरेले दिएको राजिनामा स्वीकृत गर्दै कम्पनीको सञ्चालक समितिले आगामी ४ वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको जानकारी दिएको छ ।