कन्काई विकासको सचिवमा सीईओ बज्राचार्य नियुक्त

यसअघि सचिवको जिम्मेवारी सम्हालिरहेका बैजुनाथ ठाकुर (प्रबन्धक)को स्थानमा बज्राचार्यलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कन्काई विकास बैङ्कको सचिवमा प्रकाशमान बज्राचार्य नियुक्त भएका छन् । यसअघि सचिवको जिम्मेवारी सम्हालिरहेका बैजुनाथ ठाकुर (प्रबन्धक)को स्थानमा बज्राचार्यलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

बज्राचार्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।