विद्युत् विस्तार हुन नसकेका पहाडी भेगमा सोलार, थर्मल तथा ग्यास प्लान्टजस्ता वैकल्पिक ऊर्जाको प्रयोग हुँदै आएको छ । नेपालमा वैकल्पिक ऊर्जाको पहुँच १९ प्रतिशत जनतामा पुगेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ ।
मुलुकमा ३६ लाखभन्दा बढी घरधुरीमा वैकल्पिक ऊर्जाको पहुँच पुगेको छ । मुलुकका दुर्गम र विद्युत् विस्तार नभएका क्षेत्रमा वैकल्पिक ऊर्जाको माग बढी रहेकाले यसको प्रयोग बढ्दै गएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
विद्युत् विस्तार हुन नसकेका पहाडी भेगमा सोलार, थर्मल तथा ग्यास प्लान्टजस्ता वैकल्पिक ऊर्जाको प्रयोग हुँदै आएको छ । नेपालमा वैकल्पिक ऊर्जाको पहुँच १९ प्रतिशत जनतामा पुगेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ ।
नवीकरणीय ऊर्जाका रुपमा रहेको विद्युतको पहुँच कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढीको पहुँचमा भएपनि वैकल्पिक ऊर्जाको क्षेत्रमा बर्सेनि लगानी बढेको छ । निजीक्षेत्रकै लगानीमा साना तथा लघु जलविद्युतदेखि सोलार, ग्यास निर्माण भइरहेका छन् ।
दुर्गम गाउँमा छरिएर रहेका बस्तीमा केन्द्रीय लाइन विस्तार गर्न गाह्रो, खर्चिलो, लगानीको प्रतिफल नआउने भएकाले वैकल्पिक ऊर्जा प्रणाली प्रभावकारी रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए । ‘दुर्गम गाउँमा अझै पनि झन्डै ४० प्रतिशत क्षेत्रफलमा केन्द्रीय विद्युत् विस्तार हुन सकेको छैन । त्यस्ता क्षेत्रमा वैकल्पिक ऊर्जा प्रभावकारी छ,’ उनले भने, ‘अहिले झन्डै १९ प्रतिशत जनसङ्ख्या वैकल्पिक ऊर्जाको पहुँचमा छन् ।’
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दिएको जानकारीअनुसार चार लाख परिवारमा घरायसी बायोग्यास र संस्थागत बायोग्यास २ लाख २६ हजार घरिपरिवारमा पुगेको छ । लघु तथा साना जलविद्युत् आयोजनाबाट ३० मेगावाट विद्युत् र साढे ८ लाख घरधुरीमा सौर्यप्रणाली जडान भएको छ । एक लाख ६५ हजार घरधुरीमा धूवाँमुक्त तथा सुधारिएको चुलो प्रयोग गरिँदै आएको केन्द्रले जनाएको छ ।
केन्द्रले सन् २०२२ भित्र नेपाललाई धूवाँमुक्त र २०३० भित्र दिगो ऊर्जामा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।