फर्स्ट माइक्रोफाइनान्सले ८ करोड ६४ लाखको नगद लाभांश दिने

आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष २०७५/७६ सुरु भएपछि नगद लाभांश दिने निर्णय गर्ने पहिलो कम्पनी फर्स्ट माइक्रोफाइनान्स भएको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलई ८ करोड ६४ लाख ४९ हजार ७ सय ४३ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १२ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष २०७५/७६ सुरु भएपछि नगद लाभांश दिने निर्णय गर्ने पहिलो कम्पनी फर्स्ट माइक्रोफाइनान्स भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको नगद लाभांश दिने निर्णयलाई नेपाल राष्ट्र बैङ्ले स्वीकृत दिनुपर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८ सय रुपैयाँ छ । कम्पनीको अघिल्लो आर्थिक वर्षमा ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ थियो । जसबाट संस्थाले २ः१ को अनुपातमा हकप्रद सेयर जारी गरी नेपाल राष्ट्र बैङ्कले तोकेबमोजिम पुँजी वृद्धि गर्दै ६८ करोड रुपैयाँ पुर्याएको हो ।