स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुका लागि लघुवित्तमा शाखा व्यवस्थापन तालिमको आयोजना गरेको छ । लघुवित्त क्षेत्रमा देखिएका चुनौती र अवसर शाखास्तरमा केन्द्रित गरी प्रभावकारी रुपमा व्यवस्थापन गर्न तालिम आयोजना गरिएको हो ।

कम्पनीले व्यक्तिगत वृत्ति विकासमा समेत सकारात्मक प्रभाव पार्ने उद्देश्यले सञ्चालन गरिएको तालिम मङ्गलबारदेखि शुक्रबारसम्म चल्ने छ । तालिममा लघुवित्त क्षेत्रका विज्ञ तथा संस्थाका आन्तरिक र नियामक निकायका स्रोतव्यक्तिबाट दिइने कम्पनीले जनाएको छ ।
लघुवित्त क्षेत्रका विविध आयाम र संस्था भित्रका चुनौती र अवसर, कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शाखा प्रबन्धकको काम, कर्तव्य, ग्राहक सुरक्षणका सिद्धान्त, कर्जा जोखिम व्यवस्थापन साथै लघुवित्तमा नियमन व्यवस्थापनका विषयमा केन्द्रित रही विभिन्न सत्रहरु सञ्चालन हुने बताइएको छ ।
चार दिनसम्म सञ्चालन हुने तालिममा संस्थाका विभिन्न ३० ओटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुको सहभागिता छ ।