मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा एसबीआई मर्चेन्ट नियुक्त

लघुवित्त र मर्चेन्ट बैङ्कबीच उक्त सहमति साउन २२ गते भएको छ । सहमति पत्रमा एसबीआई मर्चेन्टका प्रबन्ध सञ्चालक रमेश घिमिरे र मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले हस्ताक्षर गरे ।

नेपाल एसबीआई मर्चेन्टले मिर्मिरे लघुवित्त वित्तीय संस्थाको धितोपत्र कारोबार अभिलेख राख्ने तथा सेयर दाखिल खारेज गर्ने सहमति भएको छ । यस्तै मर्चेन्ट बैङ्कले नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक समेत राख्ने सहमति भएको हो ।

लघुवित्त र मर्चेन्ट बैङ्कबीच उक्त सहमति साउन २२ गते भएको छ । सहमति पत्रमा एसबीआई मर्चेन्टका प्रबन्ध सञ्चालक रमेश घिमिरे र मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले हस्ताक्षर गरे ।

कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी सेवा सुरु हुने मिति सार्वजनिक सूचनामार्फत सर्वसाधरण सेयरधनीलाई जानकारी दिइने कम्पनीले जनाएको छ ।