नेपाल इन्भेष्टमेण्ट बैङ्कले कालिकोटको नाग्ममां र दैलेखको डाबमा शाखा विस्तार गरेको छ ।
यसअघि यी दुबैं स्थानमा एक्स्टेन्सन काउन्टर रहेकोमा स्थानीय आवश्यकता अनुसार आर्थिक कारोबार बढी हुन थालेकाले शाखाको रुपमा रुपान्तरण गरिएको हो । यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा नेपाल इन्भेष्टमेण्ट बैंकको चार वटा शाखा पुगेको छ ।
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उदेश्य रहेको छ ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५४ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६३ अर्ब रहेको यस बैंकको हाल निक्षेप रु. १३१ अर्ब तथा कूल कर्जा लगानी रु. १०७ अर्ब पुगेको छ ।