‘बैङ्कको कारणले राष्ट्र बैङ्कले प्रहरी जसरी कठोर पाइल चाल्न नपरोस’ उनले भने, ‘प्रहरीले चोर र डाकालाई जसरी कारबाही गर्छ, त्यसैगरी राष्ट्र बैङ्क कमद चाल्ने दिन नआसोस ।’
नेपाल राष्ट्रबैङ्कका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले संस्थागत निक्षेप सङ्कलनमा लुछाचुँडी नगर्न निर्देशन दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो निर्देशन दिएका हुन् ।
पछिल्लो समय बैङ्कहरु संस्थागत निक्षेप बटुल्न अस्वस्थ तरिकाले लागेकाले गभर्नर नेपालले त्यसतर्फ सचेत गराएका हुन् ।
कार्यक्रममा नेपालले ब्याजदर घटनुको मतलब तत्कालै ब्यजदरमा कमि आउनु होइन । केही महिनमा कमि आउँछ । २ बर्ष अगाडि बैङ्क र एसोसिएसन राष्ट्र बैङकमा गएर हाम्रो पैसा लिदिनुस भनेका थिए । उनिहरु हामीसँग ५० अर्ब निक्षेप भएकाले त्यो पैसा लगानी गर्दिनुस, लिदिनुस भएका थिए । फेरी त्यस्तै दिन आउन नदिन बैङ्कहरु बेलैमा सचेत हुन आग्रह गरे ।
अहिलेको स्थितिमा व्यावसायीले कर्जा लिएर व्यवसयमा लगानी गरेका छ कि छैन भनेर हेनुपर्ने बेला आएको बताए । ‘बैङ्कको कारणले राष्ट्र बैङ्कले प्रहरी जसरी कठोर पाइल चाल्न नपरोस’ उनले भने, ‘प्रहरीले चोर र डाकालाई जसरी कारबाही गर्छ, त्यसैगरी राष्ट्र बैङ्क कमद चाल्ने दिन नआसोस ।’