गुल्मीमा एनआईसी एसियाको १७ औं शाखारहित सेवा

बैङ्कले सञ्चालनमा ल्याएको शाखारहित बैङ्किङ सेवाको उद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराबहादुर खत्रीले गरे । शाखारहित सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैङ्किङ सेवा लिन सक्नेछन् ।

एनआईसी एसिया बैङ्कले गुल्मीको गुल्मी दरबार गाउँपालिकाको ठूलोपोखरामा अाफ्नाे १७ औं शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कले विहीबारदेखि सञ्चालनमा ल्याएको छ ।

बैङ्कले सञ्चालनमा ल्याएको शाखारहित बैङ्किङ सेवाको उद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराबहादुर खत्रीले गरे । शाखारहित सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैङ्किङ सेवा लिन सक्नेछन् ।

हाल एनआईसीको मुलुकभर २ सय ३६ शाखा, २ सय २९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैङ्किङमार्फत बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।