नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधामा रोक

सवारीसाधनमा दिइने कर्जालाई सरलीकृत गर्न र सवारी साधन बेच्ने संस्थाले नै कर्जा सुविधा प्रयोग गर्न पाउने व्यवस्था २०७० मा केन्द्रिय बैङ्कले गरेको छ । सवारी बेच्ने संस्था र कर्जा दिने संस्था (बैङ्क तथा वित्तीय संस्था)बीच तालमेल नमिल्ने स्थितिमा सम्बन्धित संस्थाले नै कर्जामा सवारी बेच्न पाउने व्यवस्था गरिएको थियो ।

नेपाल राष्ट्र बैङ्कले हायरपर्चेज कर्जा दिने कम्पनीको आवेदन तत्कालका लागि स्थगित गरेको छ । केन्द्रिय बैङ्कले हायरपर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० को पुनरवलोकन नभएसम्म त्यस्ता कम्पनीको आवेदन नलिने जनाएको छ ।

सवारीसाधनमा दिइने कर्जालाई सरलीकृत गर्न र सवारी साधन बेच्ने संस्थाले नै कर्जा सुविधा प्रयोग गर्न पाउने व्यवस्था २०७० मा केन्द्रिय बैङ्कले गरेको छ । सवारी बेच्ने संस्था र कर्जा दिने संस्था (बैङ्क तथा वित्तीय संस्था)बीच तालमेल नमिल्ने स्थितिमा सम्बन्धित संस्थाले नै कर्जामा सवारी बेच्न पाउने व्यवस्था गरिएको थियो ।

केन्द्रिय बैङ्कले यही नीतिमा टेकेर २०७४ असोजसम्म वीरगञ्जको ओम्नी प्रा. लि., बिराटनगरको एम.ए.डब्लु. इन्भेस्टमेन्ट प्रा. लि., पोखराको बतास इन्भेस्टमेन्ट प्रा. लि. र काठमाडौंका हुलास इन्भेस्टमेन्ट प्रा. लि., सिप्रदी हायर पर्चेज प्रा. लि., स्याकार इन्भेस्टमेन्ट कम्पनी प्रा. लि. र जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट प्रा. लि.लाई हायर पर्चेज कारोबार गर्न अनुमति दिएको छ ।

केन्द्रिय बैङ्कले हायर पर्चेजमा थप कडाई र व्यवस्थित बनाउन तत्काल नयाँ आवेदन बन्द गरिएको जनाएको छ । प्राप्त निवेदनहरुका बारेमा भने अध्ययन भइरहेको राष्ट्र बैङ्कको भनाइ छ । यसअघि केन्द्रिय बैङ्कले बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था र गैरसरकारी सङ्घसंस्था दर्तामा रोक लगाइसकेको छ ।