माछापुच्छ्रे बैङ्कको सुपर एजेन्टमा जीएमई रेमिट नियुक्त

सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गरे । सम्झौतापछि दक्षिण कोरिया, यूएई, कुवेत, कतार, बहराइन, सुडान, क्यानडा र ओमानबाट पैसा सहज रुपमा पठाउन सकिने कम्पनीले जनाएको छ ।

माछापुच्छ्रे बैङ्कले जीएमई रेमिटसँग सुपर एजेन्टका रुपमा सम्झौता गरेको छ । सम्झैतापछि जीएमई रेमिटको भुक्तानी बैङ्कका सबै शाखाबाट हुन्छ । साथै, एमबीएल रेमिटको भुक्तानी जीएमईका ७ हजारभन्दा बढी एजेन्टमार्फत हुने छ ।

सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गरे । सम्झौतापछि दक्षिण कोरिया, यूएई, कुवेत, कतार, बहराइन, सुडान, क्यानडा र ओमानबाट पैसा सहज रुपमा पठाउन सकिने कम्पनीले जनाएको छ ।

हाल माछापुच्छ्रे बैङ्कले ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर र २२ शाखारहित बैङ्किङ सेवा र ९९ एटीएमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।