एसबीआई बैङ्कको नाफा २० प्रतिशतले बढ्यो

बैङ्कले गत आवमा आफ्नो चुक्ता पुँजी नेपाल राष्ट्र बैङ्कले तोकेअनुसार ८ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । बैङ्कको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा पुगेको छ । बैङ्कको चुक्ता पुँजी बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

नेपाल एसबीआई बैङ्कले नेपाल फाइनान्सिङ रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार गत आर्थिक वर्षमा २० प्रतिशतले नाफा बढाएर १ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ । बैङ्कको अघिल्लो वर्षको नाफा १ अर्ब ५६ करोड रुपैयाँ थियो ।

बैङ्कले गत आवमा आफ्नो चुक्ता पुँजी नेपाल राष्ट्र बैङ्कले तोकेअनुसार ८ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । बैङ्कको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा पुगेको छ । बैङ्कको चुक्ता पुँजी बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

बैङ्कले ८४ अर्ब २१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने खुद ब्याज आम्दानी ४ अर्ब १२ रुपैयाँ गरेको छ । बैङ्कको खुद ब्याज आम्दानी अघिल्लो वर्षको भन्दा ३८ प्रतिशतले बढी हो ।

बैङ्कले ७५ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा शून्य दशमलव २० प्रतिशत रहेको बैङ्कको प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैयाँ छ । जगेडाकोषमा बैङ्कले ४ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ ।