चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको बैङ्कले ७२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । बैङ्कको ब्याज खर्च ८० प्रतिशतले र ब्याज आम्दानी ४७ दशमलव ९३ प्रतिशतले बढेको छ ।
माछापुच्छ्रे बैङ्कले गत आर्थिक वर्षमा १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कको नाफामा गत वर्षभन्दा ७ दशमलव ५ प्रतिशतले गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको थियो ।
चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको बैङ्कले ७२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । बैङ्कको ब्याज खर्च ८० प्रतिशतले र ब्याज आम्दानी ४७ दशमलव ९३ प्रतिशतले बढेको छ ।
माछापुच्छ्रेले ६४ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड रुपैयाँ र बैङ्कको सञ्चालन खर्च १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
जगेडा कोषमा २ अर्ब १८ करोड रुपैयाँ जम्म गरेको बैङ्कको पुँजी कोष अनुपात १५ दशमलव ६० प्रतिशत भएको छ । खराब कर्जा शून्य दशमलव ३८ प्रतिशत, आधार ब्याजदर ११ दशमलव ६ प्रतिशतले बढेको छ । साथै, बैङ्कको प्रतिसेयर आम्दानी १५ रुपैयाँ छ ।