महालक्ष्मी विकास बैङकको ‘कर्जा योजना’ सार्वजनिक

बैङ्कले ग्राहकको आवश्यकतालाई सहजताका साथ पूरा गर्ने उद्देश्यले घर, शैक्षिक र साना तथा मझौला कर्जाको सुविधा ल्याएको हो ।

महालक्ष्मी विकास बैङ्कले ‘महालक्ष्मी ग्राहक कर्जा’ योजना सार्वजनिक गरेको छ । बैङ्कले ग्राहकको आवश्यकतालाई सहजताका साथ पूरा गर्ने उद्देश्यले घर, शैक्षिक र साना तथा मझौला कर्जाको सुविधा ल्याएको हो ।

मानिसहरुको घरघडेरी जोड्ने तथा उच्च शिक्षा हासिल गर्ने सपना पुँजीको अभावमा पूरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैङ्कले उक्त योेजनाहरु ल्याएको जनाएको छ । सो योजनामार्फत घर कर्जामा ५ लाखदेखि ५ करोड रुपैयाँसम्मको कर्जा र शैक्षिकमा ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् ।

उल्लिखित कर्जाहरु वार्षिक १२ दशमलव ९९ प्रतिशतको सर्वसुलभ ब्याजदरमा प्राप्त गर्न सकिने छ भने उक्त कर्जा बैङ्कका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । २० वर्षसम्मको अधिकतम अवधिको किस्तामा उपलब्ध हुने कर्जाले घर, तथा जग्गा एवम् अपार्टमेन्ट खरिद र घर निर्माण गर्न सक्ने छन् ।

शैक्षिक कर्जामा भने स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले आफ्नालागि वा अभिभावकले आफ्ना बालबच्चाका लागि उल्लिखित कर्जा लिन सक्नेछन् । यस कर्जाअन्तर्गत पहिलो ५ वर्षसम्म ब्याज मात्र बुझाए पुग्नेछ ।