सम्झौताबमोजिम मेगा बैङ्कका ग्राहकलाई स्टार अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो । सम्झौताअनुसार, मेगा बैङ्कका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले स्टार अस्पतालमा उपचार गराउँदा आईसीयू, क्याबिन र वार्डमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
मेगा बैङ्कका ग्राहकलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । मेगा बैङ्कका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा सन्देश जिसीबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताबमोजिम मेगा बैङ्कका ग्राहकलाई स्टार अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो । सम्झौताअनुसार, मेगा बैङ्कका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले स्टार अस्पतालमा उपचार गराउँदा आईसीयू, क्याबिन र वार्डमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यसैगरी, ल्याब टेष्ट, एक्सरे, ईसीजी, इन्डोस्कोपी, क्लोनोकोपी, यूएसजी, ईईजी, सिटी स्क्यान, पीएफटी लगायतका परीक्षण, औषधी र शल्यक्रियामा १०–१० प्रतिशत छुट पाउने भएका छन् ।