no-image

नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको आईसीटी क्षेत्रमा पेपरलेस समुदाय र रोजगारी उत्पादन नामक एक कार्यक्रममा बोल्दै उनले आर्थिक समुद्धिका लागी सरकार र निजि क्षेत्रले छलफल र सहकार्यमार्फत सूचना तथा सञ्चार क्षेत्रलाई बिकास गर्नुपर्ने बताएका हुन् ।

सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार र निजि क्षेत्रको समन्वय बिना डिजिटल नेपाल सम्भव नहुँने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको आईसीटी क्षेत्रमा पेपरलेस समुदाय र रोजगारी उत्पादन नामक एक कार्यक्रममा बोल्दै उनले आर्थिक समुद्धिका लागी सरकार र निजि क्षेत्रले छलफल र सहकार्यमार्फत सूचना तथा सञ्चार क्षेत्रलाई बिकास गर्नुपर्ने बताएका हुन् ।
मन्त्री बासकोटाले आठ ओट पिल्लरको रुपमा शिक्षा स्वास्थ, कृषि जस्ता महत्वपूर्ण क्षेत्रमा सरकारले योजना बनाइरहेको बताए । ‘डिजिटल नेपाल निमार्ण गर्न तथा सूचना सञ्चार क्षेत्रको पहँचलाई देशव्यापि रुपमा अगाडी बढाउन सरकार र अन्य आइटी सेक्टरका विभिन्न निकाय मिलेर अगाडी बढाउन चहान्छौं मन्त्री बास्कोटाले भने, जस्ले सरकारले लिएको लक्ष्य पुरा गरोस््’ ।

नेपालमा पूर्वाधारको अभाबले सञ्चार क्षेत्रलाई फरक ढङ्ग बाट अगाडी बढाउन कठिन भएको बताएका छन् ।‘ हामी सँग अहिले ६९ गाउपालिकाहरुमा टेलिफोन तथा नेटको उपलब्धता छैन् मन्त्री बास्कोटाले भने, हामि इ– कर्मश, इ–सेवाका कुरा उठाउदै आएको छौ ’ ।
नेपालमा छिटो सूचना तथा सञ्चार क्षेत्रको पहँुच पुगोस भन्ने हाम्रो पनि इच्छा छ , तर भौगालिक बिकताका कारण त्यो केहि ढिला समेत हुन गएको छ । त्यसका लागी सरकारले सहकार्य र सहप्रयोग सँग–सँगै लागनु आबश्य ठान्छ’ मन्त्री बास्कोटाले भने ।
गाँउ गाँउमा टेलिकमका टावर भन्दा पनि विद्युतिय पोल छिटै पुर्याइयो भने सञ्चार क्षेत्रलाई पनि त्यसैले काम चलाउन सकिने उनको भनाई छ । ‘त्यसैले पूर्वाधारको बारेमा सरकारले कम्पनीहरु पनि बनाउने योजनमा सरकार रहेको छ रहेको छ’ उनले भने ।

इपेमेन्ट, डिजिटल हस्ताक्षर लागाएतका कुरा पनि आएका छन् । र डिजिटल हस्तक्षरलाई पनि बैधता दिने कुरा पनि तयार भइसकेको छ । यसको सबैभन्दा बढी लाभ नै निजि क्षेत्रले उठाउने भन्दै उनले सेवाको क्षेत्रमा पनि १० ओटा अनलाइन सेवा थप्ने योजनामा सरकार अघि बढिसकेको बास्कोटाको भनाई छ । ‘हामिले मन्त्रिपरिषद्को बैठक पेपरलेस भयो भनेर मात्र सन्देश दिन खोजेका हौं । अब विस्तार मन्त्रालय बिभाग पनि पेपरलेस हुँदै जानेछन्’ मन्त्री बास्कोटाले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सरकार सँग समन्वय गरेर डिजिटल नेपाल बनाउन सदैव तत्पर रहेको बताइन् । उनले निजि क्षेत्रबाट सूचना तथा सञ्चार क्षेत्रलाई के कस्ता सहयोग गर्नुपर्छ त्यसकालागी महासङ्ध तथा सम्पूर्ण निजि क्षेत्र हातेमालो गरेर अगाडी बढ्न इच्छुक रहेको धारणा राखिन् ।