बैङ्कको चुक्ता पुँजी ८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३ अर्ब २९ करोड रुपैयाँ राखेको छ । १ अर्ब २६ करोड रुपैयाँ सापटी लिएको बैैङ्कले ८१ अर्ब ३१ करोड २९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।
प्राइम कमर्सियल बैङ्कले गत आर्थिक वर्ष २०७४–७५ मा २९ दशमलव ८९ प्रतिशतले नाफा बढाएर १ अर्ब ८९ करोड २० लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको बैङ्कले ४२ करोड ४० रुपैयाँले नाफा बढाएको हो ।
बैङ्कको चुक्ता पुँजी ८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३ अर्ब २९ करोड रुपैयाँ राखेको छ । १ अर्ब २६ करोड रुपैयाँ सापटी लिएको बैैङ्कले ८१ अर्ब ३१ करोड २९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।
बैङ्कले १० अर्ब ७० करोड रुपैयाँ लगानी गरेको छ । यस्तै, ८ अर्ब ४५ करोड रुपैयाँ ब्याज आम्दानीबाट कमाएको छ । कम्पनीको ब्याज खर्च ५ अर्ब ८९ करोड रुपैयाँ छ ।
हाल बैङ्कको प्रतिसेयर आम्दानी २३ दशमलव ५५ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ४० दशमलव ९९ प्रतिशत छ ।