नबिल बैङ्कको नाफा ४ अर्ब ५ करोड

बैङ्कले अघिल्लो आवमा ३ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो । नबिल चालू आवमा वित्तीय विवरण प्रकाशन गरेकामध्ये सर्वाधिक नाफा कमाउने बैङ्कहरुको शीर्ष स्थानमा छ ।

नबिल बैङ्कले गत आर्थिक वर्ष २०७४–७५ मा एनएफआरएस अनुसार ४ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैङ्कले अघिल्लो आवमा ३ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो । नबिल चालू आवमा वित्तीय विवरण प्रकाशन गरेकामध्ये सर्वाधिक नाफा कमाउने बैङ्कहरुको शीर्ष स्थानमा छ ।

८ अर्ब चुक्ता पुँजी रहेको बैङ्कले १ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यस्तै बैङ्कले यस अवधिमा ६ अर्ब २६ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । ५ अर्ब ८ करोड ब्याज खर्च गरेको बैङ्कले ११ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

हालसम्म बैङ्कले १ खर्ब १२ अर्ब कर्जा परिचालन गरेको छ । बैङ्कको खराब कर्जा शून्य दशमलव ५५ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७४ दशमलव ६८ प्रतिशत, कोषको लागत ४ दशमलव ७५ प्रतशत र आधार ब्याजदर ७ दशमलव ७८ प्रतिशत छ ।

बैङ्कको प्रतिसेयर आम्दानी ५० दशमलव ४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २ सय २५ रुपैयाँ र मूल्य आम्दानी १८ दशमलव २७ गुणा छ ।