८ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले ६७ अर्ब ३८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । एनएफआरएस अनुसार प्रकाशन भएको वित्तीय विवरणमा बैङ्कले १ अर्ब ब्याज खर्च गर्दै ४ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ भने शुल्क र कमिसनबाट ६६ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले गत आर्थिक वर्ष २०७४–७५ मा २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको बैङ्कले गत आवमा २ अर्ब नाफा पुर्याएको हो ।
८ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले ६७ अर्ब ३८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । एनएफआरएस अनुसार प्रकाशन भएको वित्तीय विवरणमा बैङ्कले १ अर्ब ब्याज खर्च गर्दै ४ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ भने शुल्क र कमिसनबाट ६६ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बैङ्कले आफ्नो नाफा बढाए पनि प्रतिसेयर आम्दानीमा भने १० रुपैयाँले गिरावट आउँदै २५ रुपैयाँ ८८ पैसा आइपुगेको छ । प्रतिसेयर नेटवर्थ १ सय ७३ रुपैयाँ रहेको बैङ्कको निष्क्रिय कर्जा शून्य दशमलव १८ प्रतिशत छ ।