बैङ्कले अघिल्लो आवको तुलनामा २९ दशमलव ८७ प्रतिशतले नाफा बढाएको हो ।
सानिमा बैङ्कले गत आर्थिक वर्षमा ३८ करोड ९५ लाख रुपैयाँ नाफा बढाउँदै ८६ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ । बैङ्कले अघिल्लो आवको तुलनामा २९ दशमलव ८७ प्रतिशतले नाफा बढाएको हो ।
एनएफआरएस अनुसार ८ अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कको ७९ अर्ब १९ करोड ६३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । जगेडाकोषमा ३ अर्ब २८ करोड ८२ लाख रुपैयाँ राखेको बैङ्कको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १७ पैसा छ । हाल बैङ्कले ७० अर्ब २ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ ।
ब्याज खर्च ५ अर्ब ९ करोड २४ लाख रुपैयाँ गरेको बैङ्कले ८ अर्ब ५ करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैङ्कले २ अर्ब ९६ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
प्रतिसेयर नेटवर्थ १ सय ३४ रुपैयाँ रहेको बैङ्कको मूल्य आम्दानी अनुपात १५ दशमलव ३१ गुणा कायम भएको छ ।