जगेडा कोषमा १६ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ राखेको छ । ३ अर्ब ७ करोड नाफा कमाएको बैङ्कले १७ करोड २९ लाख ९६ हजार रुपैयाँ रेगुलेटरी एड्जस्टमेन्टपछि लाभांश क्षमता बढाएको छ ।
कृषि विकास बैङ्कले गत आर्थिक वर्ष २०७४–७५ मा ३ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । चुक्ता पुँजी १३ अर्ब रुपैयाँ रहेको बैङ्कले १ अर्ब ८८ करोड रुपैयाँ कर्जा असुली गरेको छ ।
जगेडा कोषमा १६ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ राखेको छ । ३ अर्ब ७ करोड नाफा कमाएको बैङ्कले १७ करोड २९ लाख ९६ हजार रुपैयाँ रेगुलेटरी एड्जस्टमेन्टपछि लाभांश क्षमता बढाएको छ ।
बैङ्कले यस अवधिमा १ खर्ब ५ अर्ब ६४ लाख रुपेयाँ निक्षेप सङ्कलन गरेको छ भने १३ अर्ब ७६ करोड रुपैयाँ ब्याज आम्दानी गर्दै ६ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ३६ पैसा छ भने प्रतिसेयर नेटवर्थ २ सय ३१ रुपैयाँ ८६ पैसा छ । बैङ्कको आधार ब्याजदर ११ दशमलव ७३ प्रतिशत छ ।