अधिकांश बैङ्कको वित्तीय विवरण सार्वजनिक, नबिलले सबैभन्दा बढी नाफा कमाउँदा सिभिलको कम

२ अर्ब रुपैयाभन्दा बढी नाफा कमाउने बैङ्कमा एभरेस्ट, हिमालयन, ग्लोबल आईएमई, स्ट्याडर्ड चार्टर्ड बैङ्क छन् । एभरेस्टले २ अर्ब ७८ करोड, हिमालयनले २ अर्ब ४७ करोड स्ट्याडर्ड चाटर्डले २ अर्ब ७ करोड र ग्लोबल आईएमईले २ अर्ब १५ करोड नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा २८ वाणिज्य बैङ्कमध्ये २७ बैङ्कले आफ्नो विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको वित्तीय विवरणअनुसार नबिल बैङ्कले सबैभन्दा बढी नाफा कमाएको छ भने सिभिल बैङ्कले सबैभन्दा कम नाफा कमाएको छ । नबिल बैङ्कले ४ अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदा सिभिल बैङ्कले ६४ करोड ५० लाख रुपैयाँ मात्र नाफा कमाएको छ छ ।

वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश बैङ्कले नाफा बढाएका छन् भने ४ बैङ्कको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने २७ बैङ्कमध्ये २४ बैङ्क अर्ब क्लबमा छन् । तर, गत वर्ष कुमारी र मेगा बैङ्क अर्ब क्लबमा नभए पनि यस वर्ष अटाएका हुन् ।

प्रभु, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी), नेपाल बङ्गलादेश र माछापुच्छ«े बैङ्कको नाफा घटेको छ । प्रभु बैङ्कको नाफा अघिल्लो वर्षको तुलनामा ६३ करोड रुपैयाँले घटेको छ । यस्तै नेपाल बङ्गलादेशको १० करोड, एनसीसीको २५ करोड रुपैयाँले नाफा घटेको छ । प्रभुको नाफा ३५ प्रतिशतले, एनसीसीको १९, नेपाल बङ्गलादेशको ८ र माछापुच्छ«ेको नाफा ७ प्रतिशतले घटेको छ ।

विवरण सार्वजनिक गर्ने बैङ्कमध्ये कुमारी बैङ्क र मेगा बैङ्कले पहिलोपटक आफ्नो नाफा १ अर्ब रुपैयाँ कटाएका छन् । कृषि विकास, नेपाल, नेपाल इन्भेस्टमेन्टले ३ अर्ब रुपैयाँभन्दा माथि नाफा कमाएका छन् । कृषि विकासले ३ अर्ब ६७ करोड, नेपाल बैङ्कले ३ अर्ब ३९ करोड, नेपाल इन्भेस्टमेन्टले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएका छन् ।

२ अर्ब रुपैयाभन्दा बढी नाफा कमाउने बैङ्कमा एभरेस्ट, हिमालयन, ग्लोबल आईएमई, स्ट्याडर्ड चार्टर्ड बैङ्क छन् । एभरेस्टले २ अर्ब ७८ करोड, हिमालयनले २ अर्ब ४७ करोड स्ट्याडर्ड चाटर्डले २ अर्ब ७ करोड र ग्लोबल आईएमईले २ अर्ब १५ करोड नाफा कमाएका छन् ।

यस्तै १ अर्बभन्दा बढी नाफा कमाउने बैङ्कहरु एसबीआईले १ अर्ब ९४ करोड, प्राइमले १ अर्ब ८९ करोड, सिद्धार्थले १ अर्ब ८५ करोड, एनएमबीले १ अर्ब ८१ करोड, सानिमाले १ अर्ब ६९ करोड, बैङ्क अफ काठमान्डुुले १ अर्ब ५४ करोड, एनआइसी एसियाले १ अर्ब ४९ करोड, सिटिजन्सले १ अर्ब ४० करोड नाफा कमाएका छन् ।

यस्तै सनराइजले १ अर्ब ३१ करोड, माछापुच्छ«ेले १ अर्ब २१ करोड लक्ष्मीले १ अर्ब १६ करोड, प्रभुले १ अर्ब १२ करोड रुपैयाँ नाफा गरेका छन् । साथै, सेञ्चुरीले ८७ करोड, कुमारीले १ अर्ब र जनताले ९३ करोड नाफा कमाएका छन् ।